काठमाडौं । नेपाली काँग्रेस पुनःस्थापित प्रतिनिधिसभामा आफ्नो भूमिकाबारे रणनीति बनाउन आज संसदीय दलको बैठक बस्दै छ ।
संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा शुक्रबार १ बजे काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।
काँग्रेस पदाधिकारी बैठकमा राजनीतिक निकासका लागि काँग्रेसमा तीन विकल्पमा छलफल गरिरहेको जनाएको छ । काँग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारिएको छ ।
संसदीय दलको बैठकमा पनि यी तीन विकल्पमा छलफल हुने कांग्रेसका एक नेताको भनाई छ । बिहीबार पार्टी पदाधिकारीसहितका शीर्षस्थ नेताको राय अनुसार संसदीय दलमा छलफल हुने छ । यस्तै दलका नेता देउवाले वर्तमान वस्तुस्थितिबारे पनि ब्रिफिङ गर्ने बताइएको छ ।