काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले संसद पुनर्स्थापना भएसँगै संसदीय दलको बैठक बोलाएका छन् ।
आइतबार बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका हुन् । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने बताइएको छ ।
ओली पक्षले पनि आइतबार ३ बजे दलको बैठक बोलाएको छ । प्रचण्ड–माधव पक्षले आज बोलाएको बैठकमा प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने बुझिएको छ ।
यस्तै आज नेपाली काँग्रेस पनि संसदीय दलको बैठक बस्दैछ । काँग्रेसले दिउँसो २ बजेलाई दलको बोलाएको हो ।