Logo
Logo

बालुवाटार छिरे विप्लव : आजै प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दै


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् । सामाखुसीमा आफ्ना वार्ता टोली खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दिपक’सँग छलफल सकेर उनी बालुवाटार गएका हुन् ।
आजै नवलपरासी पूर्वको देवचुलीमा काठमाडौं आएका विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बालुवाटारमा छलफलपछि राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई उनले सम्बोधन कार्यक्रम तय भएको छ ।
कार्यक्रममा प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्दैछन् । दुई वर्षअघि सरकारले नेकपा विप्लव समूहलाई प्रतिबन्ध गर्ने घोषणा गरेको थियो । त्यसपछि भूमिगत भएका विप्लव आज सार्वजनिक हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्