काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठकअघि आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको छ । शुक्रबार ाज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्दैछ ।
आज बस्ने दलको बैठकमा कति सांसद उपस्थिति हुन्छन् भन्ने चासोका साथ हेरिएको छ । पार्टीको केन्द्रीय समितिमा बहुमतमा रहेको प्रचण्ड–माधव पक्षले संसदीय दलमा पनि बहुमतसिद्ध गर्ने कसरतमा छ । दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गरिरहेको बेला संसदीय दलमा कसको बहुमत छ भन्ने विषय पनि महत्वपूर्ण रहेको छ ।