Logo
Logo

सुन्दरीजलमा आज मेलम्चीको पानी आइपुग्ने, अनुगमनका लागि प्रधानमन्त्री जाने


दृष्टि संवाददाता

882
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आज सुन्दरीजल आईपुग्ने भएको छ । बहुप्रतीक्षित रहेको मेलम्ची खानेपानी आयोजना यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पानी हालिएको थियो ।

आयोजनाका अनुसार सुरुङबाट पानी आज सुनदरीजल आइपुग्नेछ । सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाइएको छ ।

सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने आयोजनाले जनाएको छ ।

सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुको पानी बागमतीमा फाल्न लागिएको हो ।

पानी आजै सुन्दरीजल आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन तथा अनुगमनका लागि त्यहाँ पुग्ने कार्यक्रमसमेत रहेको छ । आज अपराह्न ४ बजे प्रधानमन्त्री सुन्दरीजल जाने कार्यक्रम तय भएको हो ।

सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिने छ । तर आयोजनाका अनुसार त्यका लागि अझै केही समय फर्खिनु पर्ने बुझिएको छ ।

यो आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने छ । मेलम्चीको पानी आए काठमाडौं उपत्यकामा खानेपानीको उपलब्धतामा केही सहजता हुने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्