Logo
Logo

विप्लव मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ : प्रचण्ड


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लवलाई आफ्नो पार्टीका स्वागत गर्न आफू आतुर रहेको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाडाँमा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘म उहाँलाई छिट्टै यस्तै कार्यक्रममा स्वागत गर्ने प्रतिक्षामा छु ।’
सरकारसँग तीन बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएकामा उनले खुसी व्यक्त गरे । अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा आफूले कोरेको गोरेटोमै आएको भन्दै खुसी व्यक्त गरेका हुन् । ‘विप्लव अन्ततः मैले कोरेकै गोरोटोमा आइपुग्नु भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु ।’ उनले विप्लव आफूबाट अलग भएपछि आफूले अर्को प्रचण्ड अहिले हुँदैन भन्ने गरेको समेत स्मरण गरे । प्रचण्डले भने,। ‘अब उहाँ हाम्रै टिममा आउनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्