Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : मेलम्चीको पानी सुन्दरीजल आइपुगेकोदेखि प्रतिनिधिसभाको बैठक आइतबार बस्नेसम्म


दृष्टि संवाददाता

1.8k
Shares

हेडलाइन्स् :

१. बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुग्यो, प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचे पानी सुन्दरीजलमा झर्यो, सुरुको फोहोरसहित पानी आउने भएकाले प्रशोधन केन्द्रमा नहाली बागमती नदीमा खसालियो, अब छिट्टै काठमाडौँवासीले लामो समयदेखिको मेलम्चीको पानी पिउने सपना साकार हुने प्रधानमन्त्री ओलीको दावी, दुई दशकको सपना पूरा भएकोमा खुसी व्यक्त ।

२. प्रतिनिधिसभाको बैठकमा पेश हुने अविश्वासको प्रस्तावको डटेर सामना गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार, विश्वासको मत लिने प्रयास नगर्ने दावी, १ सय १५ सांसद नेकपा ओली समूहको संसदीय दलको बैठकमा उपस्थित रहेको सांसदहरूको दावी, प्रतिनिधिसभा बैठकको डटेर सामना गर्न सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन ।

३. नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै ‘कुहिएको अन्डा’ को संज्ञा, शुक्रबार शान्तिपूर्ण राजनीतिमा आएका विप्लव अन्ततः आफूसँगै आउने प्रचण्डको विश्वास, ओलीको हावा गफ गर्ने दिन सकिएको अध्यक्ष माधवकुमार नेपालको टिप्पणी ।

४. सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानको दोस्रो चरण आइतबारदेखि सुरु गर्दै, दोस्रो चरणको पहिलो दिन आइतबार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने, ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने पूर्वप्राथमिकता परिवर्तन गर्दै ६५ वर्षमाथिका १७ लाख ६५ हजार जना नागरिकलाई खोप लगाइने स्वास्थ्य मन्त्रीद्वारा जानकारी, दोस्रो चरणको खोप प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा लगाएर शुभारम्भ गर्ने ।

५. कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने, कोभ्याक्समार्फत आउने कूल १ करोड ४८ लाख डोज खोपको प्रतिबद्धताअन्तर्गत पहिलो खेपमा ३ लाख ४८ हजार डोज मात्र आइपुग्ने, एसियामा श्रीलंका र म्यानमारपछि कोभ्याक्सअन्तर्गत खोप प्राप्त गर्ने मुलुकमा नेपाल तेस्रो ।

६. सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुुगिरहेको बेला प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबारदेखि शुुरु हुुँदै, पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताले शुभकामना मन्तव्य दिने, कार्यव्यवस्था परामर्श समितिको अधिवेशन प्रारम्भ हुनुअघि बस्ने बैठकले कार्यसूूचीलाई अन्तिम रुप दिने ।

७. ताप्लेजुङमा निर्माणाधिन मध्यतमोर जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा दुई मजदुरको मृत्यु, ज्यान गुमाउनेमा उदयपुरका २२ वर्षका अमर विश्वकर्मा र भोजपुरका २८ बर्षीय सन्तोष बानियाँ रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा जानकारी, मृतक दुबैको शव निकालियो, सुरुङभित्र पसेका अरु सकुशल, मिक्वाखोला गाउँपालिका २ खोक्लिङको थुम्वाबाट फक्ताङलुङ गाउँपालिका १ सावादिनतर्फ सुरुङ खन्ने क्रम माथिबाट ढुंगा खसेको प्रत्यक्षदर्शीको भनाइ ।

८. साताभरको शेयर बजार समीक्षा गर्दा नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द, पाँच दिनमध्ये तीन कारोबार दिन उच्च अंकले ओरालो लाग्दा नेप्से घटेको तथ्यांक, बैंकलाई ब्रोकर लाइसेन्सको सट्टा अब ‘ब्रोकर’लाई नै एजेन्ट राख्न दिने धितोपत्र बोर्डको तयारी ।

९. सातदोबाटो युथ क्लब सहिद स्मारक ’ए’ डिभिजन लिगमा बढुवा, शहीद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गत शनिबार दोसो स्थानको खुमलटार युथ क्लब पराजित भएपछि सातदोबाटो शीर्ष डिभिजनमा बढुवा, शनिबार भएको खेलमा खुमलटार श्री भगवती क्लबसँग दुईका विरुद्ध एक गोल अन्तरले पराजित, सुमित र बसन्तको संयमित ब्याटिङका कारण काठमाडौंमा शनिवारबाट सुरु भएको काठमाडौं मेयर कपमा आर्मीमाथि एपीएफको रोमाञ्चक जीत ।

१०.र, कोभ्याक्स कार्यक्रम अन्तर्गत विश्वका २० देशमा खोप पठाइयो, २० गरीब देशमा सहायता स्वरूप करिब दुई करोड मात्रा खोप पठाइएको विश्व स्वास्थ्य संगठनद्वारा जानकारी, भारतमा एकैदिनमा थप १८ हजार नयाँ सङ्क्रमित, १ सय ८ को मृत्यु, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले तल्लो सदनमा जुटाए विश्वासको मत, सेनेगलमा विपक्षी नेता पक्राउको विरोधमा भड्कियो हिंसा,चार जनाको मृत्यु, जलवायु परिवर्तनका विरुद्धमा लड्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान ।

प्रतिक्रिया दिनुहोस्