Logo
Logo
सर्वोच्चको फैसला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम परिवर्तन गर्नुपर्ने


दृष्टि संवाददाता

4.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णय त्रुटिपूर्ण भन्दै बदर गरिदिएको छ ।
सर्वोच्चको यस निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद झनै जटिल बनेको छ । अब दुवै खेमा मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनुपर्नेछ ।
सर्वोच्चको यस फैसलासँगै निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई नाम परिवर्तनका लागि बोलाउनेछ । त्यसका लागि दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र महासचिवमा विष्णु पौडेल भएको पार्टी नै आधिकारिक निर्णय गरेर आयोगमा जानुपर्नेछ ।
नाम परिवर्तन गर्दा विधानसमेत परिवर्तन गर्नुपर्ने भएकाले नेकपाका केन्द्रीय सदस्यमध्ये दुई तिहाइले त्यसबारे निर्णय गर्नुपर्नेछ । प्रतिनिधिसभामा फराकिलो बहुमत पाएको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि दुई समूहको दाबी कायमै रहेको अवस्थामा पार्टीको नाम गैरकानुनीरूपमा नक्कल गरिएको हो भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले आफूहरूको नाम जुधाई नेपाल कम्युनिस्ट पार्टीलाई त्यसैको छोटकरी नाम नेकपा थपिदिएर दल दर्ता गर्ने निर्णय गलत भएको दाबी गर्दै २१ मंसिर २०७५ मा सर्वोच्च अदालत मुद्दा दायर गरेका थिए । उक्त मुद्दामाथि आइतबार फैसला गरेको हो । यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आयोगको निर्णय बदर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्