Logo
Logo
नेकपा नाम विवाद

सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतियो


दृष्टि संवाददाता

1k
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएसँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकताको वैधाकितामा प्रश्न उठेको छ ।

वर्तमान निर्वाचन कानून अनुसार एउटै नाम दुई दललाई दिन नमिल्ने भएकाले अब सत्ताधारी नेकपाले अर्को नाममा पार्टी दर्ता गर्नु पर्ने भएको छ । तर, वर्तमान अवस्थामा सत्ताधारी नेकपा नै विभाजनपछि आधिकारिकताको पर्खाइमा रहेकाले एमाले–ओवादी एकतापछि बनेको नेकपाले नयाँ राजनीतिक दल दर्ता गर्ने सम्भावना छैन ।

यस्तो अवस्थामा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिने सम्भावना रहेको वरिष्ठ अधिवक्त भीमार्जुन आचार्य बताउँछन् । आचार्यका अनुसार सर्वोच्चको आदेश बमोजिम निर्वाचन आयोगले फेरी निर्णय गर्नु पर्ने हुन्छ । अरु कसैको नाममा गइसकेको हुनाले यो नाम अरुलाई दिन नसकिने भन्न सक्छ । यस्तो अवस्थामा एमाले एमाले नै, माओवादी माओवादी नै हुने सम्भावना छ । निर्वाचन कानुनमा एउटै नाम दुई दललाई दिन मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्