Logo
Logo

‘ओलीले प्रधानमन्त्री हुनकै लागि एकताको नाटक रचे’


दृष्टि संवाददाता

22.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) प्रचण्ड-माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव गंगा दाहालले केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचेको बताएकी छन् ।

सर्वोच्चको फैसलाबाट केपी ओलीको चाहना पूरा भएको भन्दै उनले आफ्नो फेसबुकमा स्टाटसमा नेपाली जनताले यसको हिसाब राख्ने चेतावनीसमेत दिएकी छन् ।

दाहालले फेसबुकमा लेखेकी छन्, ‘केपी ओलीको चाहना पूरा भएको छ । आज पार्टी विभाजन भएको खुशियालीमा देशभर हर्षोल्लास मनाइरहेका छन् । आज पुष्टि नै भएको छ कि प्रधानमन्त्री हुनकै लागि पार्टी एकताको नाटक रचिएको रहेछ ।’

 

 

प्रतिक्रिया दिनुहोस्