Logo
Logo

बालुवाटारमा पनि ओली समूहको छलफल


दृष्टि संवाददाता

25.3k
Shares


काठमाडौँ । सर्वोचच अदालतले नेकपाको नाम ऋषि कट्टेललाई नै दिएपछि अहिले राजनीति नयाँ कोर्समा अघि बढीरहँदा प्रचण्ड र ओली समूह दुवै छलफलमा जुटेका छन् ।

प्रचण्ड–माधव समूह अदालतको फैसला आएसँगै पेरिसडाँडामा छलफलमा जुटिरहँदा बालुवाटारमा पनि केपी शर्मा ओली समूहको छलफल चलिरहेको हो ।

छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु रहेको बुझिएको छ । सर्वोच्च अदालतले आइतबार केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरी साविक नेकपा एमाले र माओवादीलाई अस्तित्वमा फर्काइदिएको छ ।

साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु को कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्