काठमाडौं । सरकारलाई दिएको समर्थनबारे माओवादी केन्द्रले पार्टीमा छलफल गर्ने भएको छ । सर्वोच्च अदालतले गत आइतबार नेकपा बदर गर्दै एमाले र माओवादी केन्द्र व्यूँताएपछि दुबै पार्टी अस्तित्वमा आएका छन् ।
दुबै पार्टी आ–आफ्नै ढंगबाट छलफल तथा बैठकहरु सुरु गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रको समर्थन हाल कायमै रहेपनि अब के गर्ने भन्नेबारे पार्टीमा छलफल गर्ने तयारी गरेको हो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे तत्काल केही निर्णय नगरेको भएपनि अब के गर्ने भन्ने बारे पार्टीमा छलफल अघि बढाउने तयारी रहेको जानकारी दिए ।
उनले भने, ‘अहिले के गर्नेभन्ने निष्कर्षमा पुगिएको छैन । पार्टीमा थप छलफल हुन्छ ।’ यस्तै माओवादी केन्द्र सहित एमालेका माधव नेपाल समूहले सर्वोच्चको फैसला पूनरावलोकनमा जाने हिजो नै निर्णय गरेका थिए ।