Logo
Logo

अर्बपति चौधरीको जग्गा खाने दाउ


दृष्टि संवाददाता

284k
Shares

काठमाडौं । पूर्व राजपरिवारको सम्पत्तिमा आफ्नो साम्राज्य फैलाएको आरोप लाग्दै आएको चौधरी समूहले अहिले पनि शक्तिको आडमा आफ्नो प्रभाव जमाइरहेका छन् । आफु अनुकुल हुने गरी सरकारी नीति नियम बनाउन लगाउनेदेखि सरकारी सम्पत्तिमा रजाई गरेर उनले आफ्नो व्यापार चम्काइरहेका छन् ।

पूर्व राजपरिवारको सम्पत्तिमा आफ्नो साम्राज्य फैलाएको आरोप लाग्दै आएको चौधरी समूहले अहिले पनि शक्तिको आडमा आफ्नो प्रभाव जमाइरहेका छन् । आफु अनुकुल हुने गरी सरकारी नीति नियम बनाउन लगाउनेदेखि सरकारी सम्पत्तिमा रजाई गरेर उनले आफ्नो व्यापार चम्काइरहेका छन् ।

पुल्चोकमा रहेको राष्ट्रिय सहकारी बोर्डको जग्गा चौधरी समूहले बिना भाडा तीन वर्षदेखि प्रयोग गरीरहेको छ । सुरुमा सोही कम्पनीलाई जग्गा लिजमा दिने निर्णय भएकोमा पछि सम्झौता तोडिएको थियो । तर, जग्गा खाली हुन सकेको छैन, कम्पनीले बोर्डलाई भाडा पनि तिरेको छैन ।

सो समूहले एक आईएनजिओको जग्गामा पनि आँखा लगाएको छ । थापाथली हाइटमा रहेको युनाइटेड मिसन टु नेपाल संस्थाको ६ रोपनी जग्गा सस्तोमा खरिदका लागि चलखेल भइरहेको छ । थापाथली हाइटमा रहेको बहुमूल्य जग्गा हात पार्न चौधरीले अदालतको सहारा लिएका छन् ।

सो आइएनजिओले लगानी गरेको बुटवल हाइड्रो पावर कम्पनीमा चौधरी ग्रुपको शेयर छ । उक्त शेयर भारतको कोस्टर इण्डिया लिमिटेडले विनोद चौधरीमार्फत लगानी गरेको थियो । कम्पनी घाटामा गएको देखाएर कोस्टरलाई चौधरीले धोका दिएका छन् । हिमालयन हाइड्रोमा चौधरीको ७५ प्रतिशत शेयर भए पनि उक्त जग्गा युनाइटेड मिशनको स्वामित्वमा छ । विदेशी एनजीओले जग्गामा लगानी गर्न पाउँदैन भन्दै चौधरीले सर्वोच्चमा मुद्दा दायर गरेका छन् । युनाइटेड मिशनले उक्त जग्गा हिमाल हाइड्रोको नाममा राखेकोले चौधरीलाई जग्गा पचाउन सजिलो भएको हो ।

उता सो कम्पनीले नबील बैंकमा अवैध रुपमा गरेको लगानीको सम्बन्धमा नेपाल राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ । कालो धनलाई सेतो बनाउनका लागि सो समूहले विदेशमा कम्पनी खडा गरी विदेशबाट लगानी ल्याएको देखाएर बैंकमा लगानी गरेको थियो । यस विषयमा राष्ट्र बैंकले हालै बैंकलाई पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्