Logo
Logo

सुनको मुल्य प्रतितोला ६ सयले घट्यो


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले ओरालो लागेको छ । सोमबार प्रतितोला एक सय रुपैयाँले बढेर कारोबार भएको छापावाल सुनको भाउ मंगलबार घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आजका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ८५ हजार ६ सय रुपैयाँ तोकेको हो । तेजावी सुनको कारोबार मूल्य ८५ हजार १५० रुपैयाँ छ भने चाँदीको भाउ पनि तोलामा १२० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । सोमबार चाँदीको प्रतितोला कारोबार मूल्य १२ सय ६५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्