Logo
Logo

उपसभामुख दिने एमालेको प्रस्तावमा जसपा सकरात्मक


दृष्टि संवाददाता

110.9k
Shares

काठमाडौँ । नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा)लाई उपसभामुख दिने प्रस्ताव गरेको छ ।

मंगलबार नै गठन भएको सत्ता साझेदारी विषयमा छलफल गर्न गठित कार्यदलको बैठकमा एमालेले जसपालाई उपसभामुख दिने प्रस्ताव गरेको हो ।

फरकफरक दलको सभामुख र उपसभामुख हुनुपर्ने भएसँगै एमालेले जसपालाई उपसभामुख दिने जनाएको छ ।

खासमा उपसभामुखको प्रस्ताव जसपाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको थियो । उक्त बैठकमा महन्थ ठाकुरले उपसभामुखको चाहना गरेको र सोही अनुसार एमालेले प्रस्ताव अघि बढाएको हो । उक्त प्रस्तावमा ठाकुर र लक्ष्मणलाल कर्ण सकरात्मक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्