काठमाडौं, ३ चैत ।
नक्कली चिकित्सक जितेन्द्र पन्थीमाथि अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले अधिवक्ता अधिवक्ता उषा थपलियालाई पनि पक्राउ गरेको हो । नक्कली कागजपत्रलाई प्रमााणित गरिदिएकोमा थपलियालाई पनि सिआइबीले फत्राउ गरी मुद्दा दायर गरेको हो ।
आफु वीर अस्पतालको चिकित्सक भएको भन्दै अर्घाखाँचीका पन्थीले डा कृष्ण रिजाललाई ठगी गरेका थिए । नेपाल मेडिकल काउन्सिलको स्थायी दर्ता नम्बरको परीक्षाको आवेदनका लागि उनले आफु चिकित्सक भनेर डा जितेन्द्र शर्माको एनएमसी नम्बर प्रयोग गरी सिफारिस गरेका थिए । त्यसैलाई प्रमाणित गरिदिएको आधारमा अधिवक्ता थपलिया पनि प्रहरीले पक्राउ गरेको हो ।
नक्कली परिचयपत्र तथा छाप बनाउन सघाउने संजीव महर्जन र ज्ञानबहादुर विकलाई समेत सिआइबीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ । पन्थीले न्यूरोलोजी एण्ड हर्ट रिसर्च सेन्टर नामको कम्पनी दर्ता गरेर समेत ठग्ने प्रयास गरेको अनुसन्धानमा खुलेको छ ।