अभिनय धेरै पुरानो बिषय हो, यद्यपि संगठित अभिनयलाई हजार बर्षमा गन्न सकिएला । तर, असंगठित अभिनयको धेरै पुरानो इतिहास छ । त्यो इतिहास लेखनभन्दा अगाडि पनि जान सक्छ । नाट्य विधा अत्यन्तै प्रभावकारी र सशक्त विधा हो । चेतनाको सम्प्रेषण र अभिव्यक्तिको संप्रेषणको रुपमा परिचित छ ।
बीचमा केही कारणले होला, नाट्य विधा कमजोर हुनपुग्यो । एक समय त विलोप नै होला कि भन्ने जस्तो भयो । त्यसपछि लामो समयको अन्तरालपछि मुनामदन जस्ता विभिन्न नाटकले जगाउने काम गरे । फेरि पछिल्लो समयमा आएर हराउला जस्तो भयो । फेरि अर्को जमर्को आयो, अनि नाटक जुर्र्मुरायो ।
अहिले जसरी अन्तर्राष्ट्रिय महोत्सव सुरु भयो । नेपालमा पनि यसको भविष्य सुन्दर देखेको छु । म भन्न चाहन्छु, नाट्यकर्मी साथीहरुलाई, लेखक र कलाकार हुनुहुन्छ । चाहे लेख्नेहरू हुनुहुन्छ । लेखनमा होस् या अभिनय गर्नेमा होस् यी कुरामा योगदान गर्ने व्यक्तित्व हुनुहुन्छ । यहाँहरुको प्रयास नाटकलाई अगिाडि बढाउने बिषयमा होस् भन्ने आग्रह गर्न चाहन्छु, नाट्य विधालाई सहयोग गर्ने सन्दर्भमा सरकारको तर्फबाट सहयोग हुनेछ । र नाट्य विधालाई नै भनेर आगामी बजेटमा नाट्य विधाको उत्थानको लागि केही बजेटको व्यवस्था गरिनेछ ।
यसमा अरु सुविधा कसरी गर्न सकिन्छ, त्यसमा सरकारी तवरमा केही विचार विमर्श गरेका छौँ । यसपल्ट पनि नाट्यकर्मीसँगको संगत झण्डै झण्डै मैले खोजेर भएको जस्तो भएको छ । मैले खोज्नु स्वाभाविकहो । देशलाई चौतर्फी रुपमा विकास हुने हो भने चौतर्फी रुपमै कला साहित्य र संस्कृतिको विकासविना देशको विकास हुन सक्दैन ।
कला संस्कृति साहित्यको विकासका लागि नाट्य क्षेत्र एउटा महत्वपुर्ण क्षेत्र हो । जसको विकास यसका लागि निरन्तरको अथवा अविच्छिन्ने प्रयासको श्रृंखला नटुटोस् । कलाकार, लेखक उत्पादन र यसको विकासको सिलसिलाकायम रहन सकोस् । त्यसको सिलसिला कलाकार, सरकार र आमजनताको तर्फबाट पनि हुनुपर्छ ।
सबैलाई भन्न चाहन्छु, नाटक मनोरञ्जन मात्र पनि होइन । नाटक भनेको अंग्रेजीमा टाइम पास भन्ने फाल्टु यो समाजको टर्चलाइट पनि हो । ऐना पनि हो । यसले अहिलेको स्थिति र अगाडिको स्थिति देखाउँछ । यसलाई संगठित ढंगले अगाडि लानु जरुरी छ । यसको लागि कुनै एउटा फुर्सद भएका मानिसले फाल्तु समयमा गर्ने क्रियाकलाप होइन । यो देश बनाउनको लागि देशलाई अगाडि बढाउन गरिने अथकप्रयास हो । । यसमा विचार चिन्तन र त्यसलाई व्यवस्थित रुपले आकार दिने थोरै भनेर धेरै कुरा अभिव्यक्ति गर्ने, भाषा र भावभंगीमा, शब्द र अभिनयमा थोरैमा धेरै अभिव्यक्त गर्ने कुरा हो । यो फिल्म होइन, फिल्ममा सजिलो छ । चारपल्ट हात हल्लाएको लागि चारपल्ट खिचे हुन्छ । फिल्ममा त अलिक तल हात भएको बेला खिच्ने सुविधा छ । तर यसमा सुविधा छैन । त्यसैले यो कठिन कुरा हो । यसमा सजिब अभिनय चाहिन्छ । यसले मान्छे अगाडि भइभइकन भाव दिनुपर्छ । फिल्ममा अरु दृश्य दिन सकिन्छ । छाँगो पनि खिचेर ल्याएको पनि राख्न सकिन्छ । तर नाटकमा त्यसरी खिच्न सकिँदैन । यसमा जीवन्त अभिनय हुन्छ । त्यो कठिन हुन्छ ।
कलाकारले मानिसलाई कहाँलिएर जाने हो लिएर जानुपर्छ । त्यो कठिन विधामा आफ्नो अनुभव साटासाट गर्न विभिन्न देशका कलाकार आउनुभएको छ
सरकार तपाईंहरुसँग छ । यो कलाकारको सरकार हो । प्रधानमन्त्री कलाप्रेमी हो । म विश्वास गर्छु, यस्तो कार्यक्रमले समसायिक रंगमञ्चको विकास गर्न योगदान गर्छ । म कलाकार होइन, तर यहाँ मलाई निम्ता गरियो । यो प्रेमको लागि मलाई खुशी लाग्यो । म तपाईंहरुसँग सँगै छ । सम्मानित हुनुहुने महानुभावहरुलाई शुभकामना भन्न चाहन्छु ।
(नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा प्रधामन्त्री केपी शर्मा ओलीको सम्बोधन)