यांकगुन । सैनिक ‘कू’ को विरोध प्रदर्शनका क्रममा म्यान्मारमा पक्राउ गरिएका ६ सय भन्दा बढी मानिसहरु बुधबार रिहा भएका छन् ।
इन्सेन जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई आफ्नो नाम नबताउने सर्तमा भने, ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौं ।’
म्यान्मारमा सैनिक ‘कू’ सुरु भएयता भएका विरोध प्रदर्शनका क्रममा हालसम्म २७५ जनाको मृत्यु भएको छ ।
यद्यपी जुन्ता सरकारका प्रवक्ताले भने १६४ जनाको मृत्यु भएको जनाएको छ । सो प्रदर्शन क्रममा २८ सय भन्दा बढी व्यक्ति पक्राउ परेका पनि समाचारमा जनाइएको छ ।