काठमाडाैं । थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलमा नेपाल र किर्गिस्तानको यू-२३ टिमबीचको खेल जारी छ । त्रिदेशीय फुटबलमा नेपालको यो पहिलो खेल हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेलिरहेको हो । किर्गिस्तानविरुद्धको खेलमा सन्जोग राई र त्रिदेब गुरुङले राष्ट्रिय टिममा डेब्यु गरेका छन् ।
नेपालको सुरुवाती-११
गोलकिपर : किरण चेम्जोङ
डिफेन्डर : रंजित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर : त्रिदेभ गुरुङ, तेज तामाङ, सन्जोग राई, रबि शंकर पासवान
फरवार्ड : अन्जन विष्ट, अविशेक रिजाल