Logo
Logo

नयाँ सरकार गठनका लागि देउवाले तीन दलको बैठक बोलाए


दृष्टि संवाददाता

6.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।

शुक्रबार तीन बजे सभापति देउवाले बुढानिलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को बैठक बोलाएका हुन् ।

गत शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपालाई छलफल गर्न लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्