Logo
Logo

ललिता निवास प्रकरणः गच्छेदार फरार भएपछि आज मुद्दामा सुनुवाई हुँदै


दृष्टि संवाददाता

4.8k
Shares

काठमाडौं, २६ चैत ।

ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छेदारको मुद्दामा आज सुनुवाई हुने भएको छ । १४ महिनासम्म उपस्थित नभएपछि उनलाई थप म्याद दिने कि मुद्दा अगाडी बढाउने भन्ने विषयमा आदेश हुन लागेको हो ।


फागुन २३ गते उनको घरमा जिल्ला अदालतका कर्मचारीले म्याद तामेली गरेका थिए। म्याद तामेल भएको ३० दिन नाघिसक्दा पनि उनी हाजिर नभएको र तामेल भएको म्यादमा छाप नभएकाले साधसोधका लागि पेसीमा चढाइएको हो। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासमा पेसी राखिएको छ।

इजलासले उक्त म्याद तामेलीलाई सदर गर्ने कि बदर गर्ने निर्णय गर्नेछ। सदर गरेमा उनले म्याद गुज्रेको ठहर हुनेछ। बदर गरेमा पुनः म्याद तामेलीको प्रक्रिया सुरु हुनेछ। म्याद जारी गरेको एक वर्षसम्म पनि उनी उपस्थित नभएको अदालतले घरमा टाँस गरेको थियो। गत वर्ष फागुनमा विशेषले १५ दिनभित्र अदालत उपस्थित हुनु भनी म्याद पठाएपनि तामेल हुन नसक्दा वेपत्ते म्याद तामेली भएको थियो।

एक सय ७५ जना प्रतिवादी रहेको यो मुद्दामा गच्छेदार लगायत केही आरोपी अझै उपस्थित भएका छैनन् । दीप बस्न्यात, शोभाकान्त ढकाल लगायत भने जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्