Logo
Logo

मन्त्रिपरिषद्का निर्णयः मन्त्रिमण्डल पुर्नगठन, विभिन्न नियुक्ति


दृष्टि संवाददाता

16.8k
Shares

काठमाडौैं, २७ चैत ।
सञ्चारमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेका छन् । निर्णयअनुसार चुरे विकास समितिको अध्यक्षमा पर्वतका डा किरण पौडेल तथा सदस्यहरुमा दोलखाकी कमला ओली शिवाकोटी, महोत्तरी शशीकुमार शर्मा, कपिलवस्तुका भेषराज आचार्य र काठमाडौं सुष्मित ढकाल नियुक्त भएका छन् ।

त्यस्तै विज्ञापन बोर्डको अध्यक्षमा काभ्रेका लक्ष्मण हुमागाईलाई लिइएको छ । नेपाल र ओमानबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धि समझदारीपत्रमा हस्ताक्षरका लागि स्वीकृती दिएको छ ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रिमण्डल पुर्नगठन गरिएको र सांसदबाट हटेका चार मन्त्रीलाई पुनः तिनै मन्त्रालयमा नियुक्त गरिएको जानकारी दिए । उनीहरुको आजै चार बजे सपथग्रहण राखिएको छ । टोपबहादुर रायमाझीलाई उर्जा, लेखराज भट्टलाई उद्योग, प्रभु शाहलाई सहरी विकास तथा गौरीशंकर चौधरीलाई श्रम मन्त्रालयमा फेरि नियुक्त गरिएको छ । सांसद नरहेको अवस्थामा संविधानको नयाँ दफाअनुसार उनीहरुलाई मन्त्रीमा पुर्ननियुक्ति गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्