काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले मोरङमा समानान्तर जिल्ला र विराटनगर महानगर कमिटी गठन गरेको छ।
शुक्रबार विराटनगरस्थित मारवाडी सदन सेवामा आयोजित भेलामा नेपाल समूहले चन्द्रवीर राईको नेतृत्वमा ३ सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरिएको छ।
कमिटीको उपाध्यक्षमा चण्डीप्रसाद राई र डा. उद्धव पोखरेल छन्। भने सचिवमा राजन केसी, उपसचिवमा ओसिम आलम, निलम ढुंगेल र आर्थिक प्रमुखमा विश्वनाथ राई छन्।
त्यसैगरी पारुल क्षेत्रीको नेतृत्वमा १ सय ७५ सदस्यीय विराटनगर महानगर कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा खेम तिम्सिना, सचिवमा किरण दाहाल र उपसिचव योगेशराज भण्डारीलाई तोकिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अदालतको निर्णयपछि एमाले पुनः ब्युँताउन आफूहरू पर्खेर बसेको बताए। ओलीले आफूसँग भएको कमिटीलाई भष्म पारिदिएका हुनाले उनी भष्मासुर भएको समेत नेपालले आरोप लगाए।