Logo
Logo

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षीबीच फोन संवाद

अवरुद्ध खोप आपूर्तिलाई पुनः सञ्चालन गरिने


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच फोन संवाद भएको छ । कोरोना भाइरसविरुद्धको खोपका सन्दर्भमा दुई समकक्षीबीच फोन संवाद भएको हो ।

संवादमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटसँग खरिद गरेको १० लाख डोज खोप छिटो उपलब्ध गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । उनले अवरुद्ध खोप आपूर्तिलाई पुनः अघि बढाउन माग समेत गरेका थिए ।

जवाफमा भारतीय विदेशमन्त्री जयशंकरले नेपाललाई अवरुद्ध खोप आपूर्तिलाई पुनः सञ्चालन गर्ने कुरामा सहमति जनाएको उल्लेख गरिएको छ ।

भारतले खोप आपूर्तिको माध्यमबाट महामारीसँग लड्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तीमा उल्लेख छ । दुबै समकक्षीबीच महामारीसँग लड्ने विषयमा विचार आदानप्रदान भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएकोमा भारतलाई धन्यवाद समेत दिएका थिए । यस्तै, कोरोना विरुद्धको लडाईमा एक भएर अघि बढ्ने समेत दुवै देशले प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्