Logo
Logo

१६ लाखसहित दुई जना समातिए


दृष्टि संवाददाता

1.3k
Shares

वीरगञ्ज, २८ चैत ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रकमसहित वीरगन्ज रानीघाट पुलबाट ३ जनालाई पक्राउ गरेको छ ।


विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नं. १० रानीघाट पुल नजिकै सडक खण्डमा चेकजाँच गर्ने क्रममा ना. १२ प ५०७३ नम्बरको सुपर स्पलेण्डर मोटरसाइकलमा चढी आउँदै गरेका पर्सागढी नगरपालिका वडा नं. ४ परशुरामपुर निवासी ४५ वर्षीय तवारख देवान र सोही ठाउँ निवासी ६० वर्षीय जोखन साई फकिरलाई चेकजाँच गर्दा उनीहरूको साथबाट श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
प्रहरीले पक्राउ गरेका दुई जनासँग प्रारम्भिक सोधपुछ गर्दा सो पैसा वीरगञ्ज महानगरपालिका आदर्शनगर निवासी ५० वर्षीय उमेश शर्माको रहेको खुल्न आएपछि शर्मालाई समेत हिजो साँझ नै प्रहरीले नियन्त्रणमा लिएको खनालले बताए ।
तीनै जनालाई बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विपरीतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरुले हुन्डीको कारोबार गरेको प्रहरी आशंका छ ।

प्रतिक्रिया दिनुहोस्