Logo
Logo

राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण !


दृष्टि संवाददाता

2.9k
Shares

काठमाडौं । पूर्वसहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सुप्रबल जनसेबाश्री तृतीय । सुसोभन समारोह । राष्ट्रपतिको कार्यालय परिसर ।’ सँगै घाँटीमा ‘सुप्रबल जनसेबाश्री तृतीय’ विभुषण भिरेर राष्ट्रपति भवन शीतल निवास अगाडि उनी उभिएको पुर्ण कदको तस्बिर पोष्ट गरिएको थियो ।

संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभुषणलाई नियालेर हेर्दा कालापानी/लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै थिएन ।

सुनमा डिजाइन गरिएको विभुषणको मध्य भागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झन्डा अंकित लोगो छ । यो लोगो संविधानविपरीतसमेत हो । संविधानको धारा ९ (२) मा ‘नेपालको निसाना छाप अनुसूची ३ मा उल्लेख भएबमाजेमि हुनेछ’ भनिएको छ । सरकारले लिम्पियाधुरासम्मकै भुभाग समेटेर गत जेठमा जारी गरेको नक्साअनुसार गत असार ४ मा संधिवानको संरक्षक राष्ट्रपति हुने संविधानमा उल्लेख गरिएको छ ।

संविधान संशोधनपछि पनि चलनचल्तीमा चुच्चे नक्सा नै छ । गलत नक्सा भएको विभुषण राष्ट्रपतिबाटै वितरण गरिनु लापबारही भएको पुर्वप्रशासक र सुरक्षा मामिालका जानकारी बताउँछन् ।

गलत नक्सा भएको विभूषण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर श्रेष्ठलगायतले समेत ग्रहण गरेका छन् । निजामती, जंगी, प्रहरी, न्याय, संसद्, राजनीतिज्ञ, विभिन्न पेसा व्यवसायमा आबद्धलगायतलाई राष्ट्रपतिबाट विभूषण प्रदान गरिएको हो ।

उपप्रधानमन्त्री ९त्यसबेला रक्षामन्त्री पनि० ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफारिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्रिपरिषद्बाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रबार विभूषण बाँडिएको हो ।, आजको कान्तिपुर दैनिकमा यो समाचार मातृका दाहालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्