काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला जनता समाजवादी पार्टी (जसपा) लाई आफ्नो पक्षमा लिन सके सरकार ढल्नबाट जोगिन्छ कि भन्ने ध्याउन्नमा छन् ।
त्यसकारण उनी जसपा अध्यक्ष महन्थ ठाकुरलाई निरन्तर फाइरहेका छन् । ओलीको भित्री आशय प्रतिनिधिसभालाई विघटन नै गर्नेछ । विघटन गर्न नसके आर्को पार्टीको सरकार बन्न नदिने प्रष्ट लाइनमा प्रधानमन्त्री ओली देखिएका छन् ।
प्रधानमन्त्री ओलीको रणनीतिलाई चिर्न माओवादी केन्द्र र एमालेकै माधव नेपाल पक्ष लागिपरे पनि नेपाली कांग्रेस र जसपा प्रस्ट नहुँदा समस्या भएको छ ।
भित्री लाइन पनि प्रतिनिधिसभा विघटन नै गरेर मध्यावधि निर्वाचनमा जोड । तर उनले पार्टीभित्रको दबाबका कारण सरकार गठनका लागि पहल गरेजस्तो देखाइरहेका छन् ।
‘देउवाले सरकार गठनमा गम्भीर छलफल गर्ने छैनन्, त्यसैले आफ्नै नेतृत्वको अर्थ पनि सहमति नगर्ने भनेर अडान लिनुको अर्थ पनि सहमति नगर्ने नै हो’, कांग्रेसनिकट स्रोतले भन्यो ।
कांग्रेस नेता रामचन्द्र पौडेल भने प्रधानमन्त्री ओलीको विकल्पमा सरकार गठन गर्नेपर्ने अडानमा छन् । पौडेललाई खुसी पार्न संसद बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग्न लगाईएको स्रोतको भनाई छ ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।