Logo
Logo

१० मिटरमै बाघ !


दृष्टि संवाददाता

441
Shares

बर्दिया । म बर्दियामा छु, निकुञ्जका गतिविधि बराबर रिपोर्टिङ गरिरहेको छु । काठमाडौंबाट सहकर्मी फोटो पत्रकार हेमन्त श्रेष्ठ आए ।

शुक्रबार बिहान ११ बजे हामी बाघ हेर्ने र आतंक मच्चाएको क्षेत्रको अवस्था रिपोर्टिङ गर्ने सुर कसेर निस्कियौं । हिँडेर घुम्न निषेध छ नै, निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषबाहेक अन्य निजी सफारी जिपमा तीनकुने, किङफिसरलगायत ठाउँमा आउजाउमा रोक छ ।

यसै कारण पनि हामीले घुम्ने मौका पाउन सजिलो थिएन । निकुञ्ज प्रशासनसँग अनुमति माग्यौं । निकुञ्जले आफ्नै कर्मचारीका साथ जानुपर्ने सर्त राख्यो । हामीलाई बाटो देखाउने भए राष्ट्रिय प्रकृति संरक्षण कोषका चालक कृष्णकुमार चन्दले ।

बर्दियामा दुई दशक काम गरिसकेका अनुभवीको साथ पाएपछि बाघ देख्न पाउने आस बढ्यो । हामी उनको गाडीमा बाघको बासस्थानमध्येको गेरुवा तटीय क्षेत्रमा पुग्यौं ।

त्यहाँ बाटोमा बाघका ताजा पाइला देखिए । घना झाडीमा चराचुरुंगी र वन्यजन्तुका आवाज सुनियो । गेरुवा नदीको किङफिसर स्पट जाने र मौका मिले त्यही बाघको फोटो खिच्ने योजना बुन्दै जिपबाट हामी करिब ५ सय मिटर दूरी घना जंगल र झाडी पार गर्दै अघि लाग्यौं ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्