Logo
Logo

मोर्चावन्दी गरेर ओलीलाई सिध्याउनुपर्छ : प्रचण्ड


दृष्टि संवाददाता

5.4k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वृहत मोर्चा बनाएर केपी शर्मा ओलीलाई सिध्याउनु पर्ने बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यकर्ता भेलाई सम्बोधन गर्दै नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा)सहितका शक्ति मिलेर ओलीलाई सिध्याउनु पर्ने बताएका हुन् ।

ओलीलाई जति धेरै सत्तामा राख्यो त्यति नै हानिकारक हुने भन्दै प्रचण्डले ओलीलाई राजनीतिक रुपमा सिध्याउनुपर्ने बताएका हुन् । नेपाल पत्रकार महासंघको निर्वाचनमा ओली पक्षको पत्रकार चौंथो स्थानमा पुगेको उदारणा दिदैं प्रचण्डले ओलीलाई पनि चाैंथाे बनाउँदै सिध्याउपर्ने बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘पत्रकार महासंको निर्वाचनको परिणाम देखियो होला । ओली पक्षका पत्रकारहरु चौंथो स्थानमा पुग्नु भएको छ । अब ओलीलाई पनि त्यसरी नै मोर्चावन्दी गरेर चौंथो स्थानमा पुर्याउनुपर्छ । त्यसपछि ओली आफै विघटन हुन्छन र सकिन्छन् ।

ओली नेतृत्वको वर्तमान सरकार विघटन नगरेर नयाँ सरकार गठनको प्रकृया अघि बढेको भन्दै प्रचण्डले छिट्टै नयाँ सरकार गठन हुने समेत बताए । उनले भने– ‘नेपाली कांग्रेसले ओली सरकार ढाल्नु पर्छ भनिसकेको छ । जसपा पनि तयारी अवस्थामा छ । त्यसैले केही दिन लाग्ला तर ओली सरकार धेरै दिन टिक्दैन ।’

प्रचण्डले सम्भव भएसम्म पार्टी एकता गर्ने नभए पनि वृहत मोर्चा बनाएर ओलीविरुद्ध आगामी निर्वाचनमा सहभागी हुनुपर्ने समेत धारण राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्