Logo
Logo

मौसम पुर्वानुमानः हल्का वर्षा हुनसक्ने


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । आइतबार साँझ र सोमबार दिउँसो हल्का वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।आज देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।

महाशाखका अनुसार देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै आइबार दिउँसो दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले उल्लेख गरेको छ । पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखका अनुसार सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ।

यस्तै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका एक वा दुइ स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्