Logo
Logo

‘अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु हुन्न’


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार गठन आफूहरुको रहर नभएको बताएका छन् ।


आइतबार एक कार्यक्रममा नेता सिंहले भने, ‘केपी शर्मा ओलीबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई संशोधन गरेर चुनावमा जान कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न लागिएको हो ।’ उनले अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु ठीक नहुने  बताए ।

नेता सिंहले भने, ‘कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठन गरेर बाँकी रहेको समयमा अलोकतान्त्रिक किसिमले गठन गरेका, मनोनित गरेका, संविधानको भावनाविपरीत गरेका कामहरुलाई संशोधन गरेर चुनाव गराउन जोड दिनुपर्छ ।’ उनले जनतालाई राहत दिने, संसदलाई सुचारु गर्ने भनेपछि इमान्दारिता हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्