Logo
Logo

गायिका आनी डब्लुडब्लुएफको सद्भावना दूतमा नियुक्त


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आध्यात्मिक गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ । विश्वमा सयभन्दा बढी देशमा संयन्त्र विस्तार भएको यस संस्थाले आनीलाई हालै सद्भावना दूत नियुक्त गरेको हो ।

विश्वव्यापीरूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले आनीलाई सदेभावना दूत नियुक्त गरिएको डब्लुडब्लुएफले जनाएको छ ।

डब्लुडब्लुएफले विगतमा विभिन्न अभियानहरूमा अभियान दूतका रुपमा विभिन्न व्यक्तित्वलाई छनोट गरेपनि पहिलोपटक सद्भावना दूतको घोषणा गरी संरक्षण अभियानलाई विश्वव्यापी रुपमा सञ्चालन गर्न लागेको हो ।

लामो समयदेखि यस अभियानमा क्रियाशील रहेकी आनीलाई सद्भावना दूत नियुक्त गरिएको डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले जानकारी दिए ।

सद्भावना दूत नियुक्त भएपछि आनी छोइङले भनिन्, ‘प्रकृति र संस्कृतिप्रतिको प्रेमले नै मलाई यस अभियानमा लाग्न प्रेरित गरेको छ ।’ उनले आफूले पाएको जिम्मेवारीलाई गहनरुपमा लिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्