Logo
Logo

वीरगन्जको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण


दृष्टि संवाददाता

441
Shares

पर्सा । वीरगन्जको बिर्तामा रहेको चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गतको नर्सिङ क्याम्पसका २२ छात्रामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका कोभिड–१९ संयोजक डा. सरोज रोशन दासका अनुसार मंगलबारसम्म नर्सिङ कलेजका २२ जना छात्रालाई कोरोना पुष्टि भएको हो ।

पर्सामा आइतबारदेखि मंगलबारसम्म तीन दिनमा मात्रै ९६ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको नतिजा अनुसार आइतबार ६० जनाको स्वाब परीक्षण गर्दा २८ जना, सोमबार ९५ जनाको स्वाब परीक्षण गर्दा ४० जना र मंगलबार ७९ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै, नेपाल–भारत सीमामा गरिएको परीक्षणबाट बुधबारसम्ममा गरी १० जना कोरोना संक्रमित फेला परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्