Logo
Logo

सेनाको व्यावसायिक क्षमतावृद्धि गर्न सरकारले आवश्यक पहल कदमी लिन्छ : प्रम ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमतावृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ ।

सेना दिवशको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको गहनतम् जिम्मेवारी वहन गरिरहेको नेपाली सेनाले सरकारको महत्वपूर्ण अंगका रुपमा यो राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नेछ भन्नेमा म विश्वस्त छु ।”
प्रधानमन्त्री ओलीले देश समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय लक्ष्यका साथ अघि बढीरहेकोले सेनाले पनि त्यसै मर्मअनुसार काम गर्न अग्रसर हुनुपर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।
“नेपाल निर्माणसम्मको यात्रामा नेपाली सेनाले निर्वाह गरेको भूमिका र पु¥याएको योगदान इतिहासको स्वर्णीम पानामा अंकित भइरहनेछ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “यस अर्थमा सेना दिवस सम्पूर्ण नेपाली र राष्ट्रकै दिवस हो भन्ने मलाई लाग्दछ । सेना दिवसको यस सुखद् अवसरमा म नेपाली सेनाका सकलदर्जाको अतुलनीय राष्ट्रभक्ति, निष्ठा र कर्तव्यपरायणताको प्रशंसा गर्दछु ।”
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा प्राकृतिक विपत्तिहरुका वखत उच्च हौसला, जोश र सेवा भावका साथ उद्दार कार्यमा खटिने समस्त सैनिकहरुप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाली सेनाले विगतमा झैं आउने दिनमा पनि सरकारले सुम्पिएका निर्माण कार्यलगायतका जिम्मेवारीहरु कूशलतापूर्वक यथासमयमै सम्पन्न गर्ने कुरामा आफू विश्वस्त भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्