Logo
Logo

भारतबाट आउने नेपालीलाई सीमामा नरोकिने


दृष्टि संवाददाता

7.9k
Shares

काठमाडाैं । कोरोना संक्रमणले भयावह बनेको भारतबाट नेपाल फर्किएका नेपालीलाई सीमामा नरोकिने भएको छ । सरकारले निषेधाज्ञाको समयमा पनि भारतबाट फर्किने नेपालीलाई सीमामा नरोक्ने भएको हो ।

निषेधाज्ञा नभएका र सार्वजनिक सवारीसाधन सञ्चालनमा रहेका नाकाबाट आफैँ जाने भएपनि निषेधाज्ञा भएका जिल्लाले विशेष व्यवस्था गरिएको छ ।

सरकारले मुख्य नाका छलेर आउनेलाई भने रोक्ने गरेको छ । तर सरकारले नै तोकेका २० वटा नाकाबाट आउन रोकतोक नहुने स्थानीय प्रशासनले जनाएका छन् ।

सरकारले भारतबाट आउनेका लागि पशुपतिनगर, काकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका तोकेको छ ।

भारतबाट आउनेलाई नाका रहेकै जिल्लामा व्यवस्थापन गर्न नसकिने भएकाले घरतिरै पठाउने गरिएको स्थानीय प्रशासनले जनाएको छ । गत वर्ष लकडाउन गर्दा सरकारले सीमानाका समेत बन्द गर्दा हजारौँ नेपाली सिमानामा अलपत्र परेका थिए। सिमानामा अव्यवस्थित बस्दा कोरोना समेत फैलिएको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

कोरोना संकट व्यवस्थापन समितिको तथ्यांकअनुसार विमानमार्फत ३५ हजार ८ सय ७१ जना नेपाल आएका छन् ।

प्रतिक्रिया दिनुहोस्