Logo
Logo

संक्रमणदर बढ्यो, रोकथाम फितलो


दृष्टि संवाददाता

819
Shares

कैलाली । कैलालीमा पछिल्लो समय कोरोन सङ्क्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ । जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन् ।

पहिलो चरणको सङ्क्रमण कम हुँदै गएपछि विकासका काममा केन्द्रीत स्थानीयत तहले अन्य कामलाई थाती राखेर कोरोना सङ्क्रमितका लागि चाहिने आवश्यक पूर्वाधारलाई अहिले धमाधम अगाडि बढाउन थालेका हुन् ।

सङ्क्रमणको दर बढेको भएपनि शुरुआती अवस्थामा यस तर्फ केन्द्रीत हुन नसकेका स्थानीय तहले स्थिति नियन्त्रण भन्दा बाहिर जानलागेको जनाउँदै तयारी शुरु गरेको भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कृतिसंह बिकले जानकारी दिए ।

उनले नगरपालिकामा पनि सङ्क्रमणको दर दिनप्रतिदिन बढ्दै गएको जनाउँदै आकस्मिक रुपमा ५ श्ययाको अक्सिजन जडित आइसोलेशन तयार भएको र १५ श्ययाको आइसोलेशन वार्डको लागि महुन्याल बहुमुखी क्याम्पसमा काम भइरहेको बताए ।

‘हामी नगरवासीको स्वास्थ्यमा धेरै संबेदनशील छौँ । चाहिने आवश्यक साधनस्रोतको ब्यबस्थापनको कामलाई समेत अगाडि बढाइसकेका छौँ ।’ उनले भने, ‘अक्सिजन सिलिन्डरको आपूर्तिका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ । क्यारेन्टिन निर्माण गरेका छौँ ।’

भजनी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरपालिकाले ८ वडा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ भने ८ सिलिन्डर भराउनको लागि पठाइएको उनले जानकारी दिए । नगरपालिकामा कार्यपालिकाको बैठक बस्न नसक्दा भने कोरोना नियन्त्रण तथा व्यबस्थापनका लागि बजेट विनियोजन हुन सकेको छैन ।

टीकापुर नगरपालिकाले कोरोना व्यवस्थापनका लागि सर्वदलीय छलफल मार्फत आवश्यक जनशक्ति र पूवर्धारको कामलाई अगाडि बढाएको छ । नगरपालिकाले टीकापुर अस्पतालमा १५ श्ययाको अक्सिजन जडित आइसोलेशनलाई सञ्चालनमा ल्याएको छ भने सीटी हलमा ३८ श्ययाको व्यबस्थित आसोलेशन वार्डको रुपमा बिस्तारको काम अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्