काठमाडौं । पीपीई लाउनै पर्यो । यहाँ दिनहुँ संक्रमित थपिँदै छन् । सबैले सहज उपचार नपाउने समस्या छ । त्यसैले उनी नयाँ वर्षदेखि बिदा नबसी खटिएकी छन् ।
प्रीति शनिबार रात्रि ड्युटीमा खटिइन् । उनीसँगै स्टाफ नर्स कमला नेपाली, सुनीता साहकारी, निशा पुन, यमकुमारी थापा कोरोना संक्रमितको पलपलको अवस्था बुझ्दै हेरचाहमा खटिएका थिए । उनीहरूका अनुसार एक जनाले ३०र४० जना बिरामीलाई औषधि खुवाउनुपर्छ । दबाइ खुवाएर मात्रै कहाँ सुख पाउनु १ बिरामीको छटपटीले मन पोल्छ । पीपीईभित्रको गर्मी त छँदै छ । वार्डबाट बाहिर निस्किएपछि उनीहरूले ठूलो युद्ध जितेजस्तो महसुस गर्छन् । त्यो अनुभूति क्षणिक हुन्छ ।
उनीहरूलाई शनिबार अन्य दिनभन्दा धपेडी भयो । नयाँ सिफ्टका साथीहरू आउन ढिला गरेपछि पीपीई खोलेर बस्न सक्ने अवस्था रहेन । औषधि खुवाएर वार्ड बाहिर अस्पतालको छेउमा राखिएको सोफामा तीन जना नर्स लस्करै थकान मेट्दै थिए । त्यही बेला खिचेको तस्बिर शनिबार र आइतबार सामाजिक सञ्जालमा भाइरल बन्यो । तस्बिर कसले खिच्यो रु नर्स यमकुमारीलाई अलिअलि याद छ ।
थकाइले आँखा खुल्न सकेका थिएनन् । अस्पतालमा चेकअप राउन्डमा आएका चिकित्सक चन्द्रप्रकाश साहुले ‘तिमीहरूको फोटो खिच्दिऊँ’ भन्दै जिस्काएका थिए । ‘फेरि हामी भाइरल हौंला है’ भन्दै कोही हाँसेको थियो । बर्दियाकी प्रीति घरबाटै आउजाउ गर्छिन् । अस्पतालमा बस्ने ठाउँ छैन । परिवारसित ‘पराई’ भएर बस्नुपरेको छ । अरूलाई कोभिड सर्न सक्ने भएकाले उनी घर गए पनि छुट्टै बस्छिन् ।
प्रीतिलाई मज्जाले परिवारसँग गफ गरेर बस्ने दिन हराएजस्तो लाग्छ । साथीभाइ, आफन्त बिराना भएका छन् । अस्पताल र घर आउजाउबाहेक अरू उनको जीवनका उत्सवमय क्षण गौण छन् । उनले भनिन्, ‘निको भएका बिरामी हेरें भने मात्रै मुस्कान आउँछ ।’ शरीर सन्चो हुँदा काममा खटिन उनलाई खासै दुस्ख लाग्दैन । जब महिनावारी हुन्छ, उनी दोहोरो चपेटामा हुन्छिन् । भाइरल भएको तस्बिरमा प्रीतिको थकानको कथा बेग्लै छ ।पेट दुखेर औषधि खाएकी थिइन् । पीपीईले आङका सबै लुगा निथ्रुक्कै भिजेका थिए । ‘औषधि खाएर यसो ढलेर आराम गर्दै थिएँ,’ प्रीतिले भनिन्, ‘साथीहरूले मायाले सुमसुमाउँदै थिए ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।