Logo
Logo

जुवा अखडाबाट आठ महिला पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–६ महाङ्कालबाट रू एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ ।

बौद्धस्थित महानगरीय प्रहरीवृतले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिङ्गी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । प्रायजसो जुवा अखडाबाट पुरुष जुवाडे पक्राउ पर्ने गरेकामा अहिले धनाढ्य परिवारका महिलासमेत पक्राउ परेको र उनीहरूलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान थालिने उहाँको भनाइ थियो ।
नाम नबताउने एक पुरुषले पक्राउ परेकामध्ये सरिता नाम गरेकी महिलाले मिटर ब्याजमा पैसा लगानी गर्दै आएकीमा लेनदेनको कुरा नमिलेपछि पटक÷पटक झगडा परिसकेको जानकारी दिए ।
सरितालाई चौथोपटक प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अन्य महिला पनि धनाड्य छन् । कर्मा लामा ९हेलम्बु० ले गोप्य रूपमा विभिन्न ठाउँमा लामो समयदेखि जुवा अखडा सञ्चालन गर्दै आएको पक्राउपछि खुलेको प्रहरीले जनाएको छ ।
त्यसैगरी शनिबार नै मूलपानीस्थित एक होटलमा तास खेलिरहेको अर्को समूहलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विशाल श्रेष्ठ, तेजबहादुर तामाङ, राजकुमार काफ्ले, दीपेन्द्र राई, सूर्य सापकोटा, कृष्ण वाईबा र मनोज पन्त छन् । उनीहरूको साथबाट रु पचास हजार २०० बरामद भएको थियो । पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्