काठमाडौं । नेकपा(एमाले)को माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने संकेत गरेका छन् । सांसद रामकुमारी झाँक्रीले अरुलाई डुबाउन खोज्दा आफू डुब्नुपर्ने चेतावनी दिएकी छिन्। सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा चेतावनी दिँदै उनले लेखेकी छिन्, ’हामी त डुब्छौं नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौं।’
सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज्न भनेकी छिन्। उनको भनाइ छ, ’विचार गर, दम्भ, अहंकार र जिद्दी छोड।’
उनले यसलाई स्पष्ट पार्न एउटा हिन्दी कथनको सहारा लिएकी छिन्। जहाँ भनिएको छ, ’हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे‘ अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।’
माधव नेपाल पक्षले सर्वाेच्चको फैसलापछि पार्टी जेठ २ २०७५ को अवस्थामा नपुगे जे पनि हुनसक्ने चेतावनी दिएका छन् ।