पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमा कोभिड–१९ संक्रमण देखिएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको हो ।
एन्टिजन टेष्टमा यसअघि नै उनलाई कोरोना पुष्टि भएको थियो । पिसिआर परीक्षणमा समेत पोजिटिभ देखिएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।
मुख्यमन्त्री गुरुङको सीटी भ्यालु १७ छ । अहिले गुरुङ आफ्नै सरकारी निवासमा आइसोलेसनमा छन् ।