Logo
Logo

विश्वासको मत असफल बनाउन प्रचण्ड र देउवा छलफलमा


दृष्टि संवाददाता

1.1k
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा बीच भेटवार्ता जारी छ । बुढानिलकण्ठस्थित देउवा निवासमा अध्यक्ष प्रचण्ड र देउवाबीच भेटवार्ता भइरहेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएसँगै मत असफल बनाउने रणनीतिका लागि दुई नेताबीच भेट भएको बुझिएको छ । कांग्रेसले बुधबार प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ भने माओवादी केन्द्रले विश्वासको मत लिइसकेको छ ।

विश्वासको मत लिन नदिने र नयाँ सरकार बनाउने विषयमा समेत छलफल भइरहेको छ । यसअघि, बिहीबार साँझ एमाले नेता माधवकुमार नेपालले देउवासँग भेटवार्ता गरेका थिए । उनको साथमा भीम रावल पनि थिए ।

प्रतिक्रिया दिनुहोस्