Logo
Logo

संवैधानिक परिषद बैठक बस्दै, सभामुख र प्रतिपक्षी दल सहभागी नहुने


दृष्टि संवाददाता

3.8k
Shares

काठमाडौं । संवैधानिक परिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको संवैधानिक परिषद्को बैठक बिहान ९ बजेका लागि बालुवाटारमा राखेका हुन्।

प्रधानमन्त्री ओलीले लोक सेवा आयोगलगायतमा रिक्त रहेका पद तथा पदाधिकारी नियुक्तिका लागि परिषदको बैठक राखेको बताइएको छ । तर बैठकका भने एजेन्डा बाहिर आइसकेको छैन र परिषद सदस्यहरूलाई पनि एजेन्डाबारे जानकारी गराईएको छैन ।

आज बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नहुने भएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि बैठकमा नजाने बताएका छन् ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा कांग्रेसले विमति जनाइरहेको छ । यस्तै एमाले नेता माधव नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि संवैधानिक परिषद बैठक बोलाइएकोमा आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन संवैधानिक परिषद बैठक राखेका हुन्। ओलीले प्रतिनिधि सभाबाट सोमबार विश्वासको मत लिन लागेका छन्।

प्रतिक्रिया दिनुहोस्