Logo
Logo

नेपाल र ओली समूहका नेताको छलफल सकियो


दृष्टि संवाददाता

4.7k
Shares

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका दुई नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ । पार्टीभित्रको विवाद समाधान गर्न माग गर्दै भएको छलफल सकिएको हो ।

बैठकमा ओली समूहका नेताले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेका थिए । नेता नेपालले पनि आफ्ना कुरा खुलस्त राखेको भन्दै उनले भने, ‘पार्टी एकतालाई बलियो बनाएर लैजानुपर्छ भन्नेमा विवाद छैन ।’ कसरी समाधान गर्ने ? केके आधारमा सहमति खोज्ने भन्ने छलफलमै रहेको उनले बताए ।

छलफलमा भएको कुराकानी प्रधानमन्त्रीलाई सुनाउने र थप छलफल गर्ने सहमित भएको समेत नेता नेम्बाङले बताए ।

प्रतिक्रिया दिनुहोस्