काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका सांसदहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । ओली समूहका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेलसँगको छलफलपछि नेता नेपालले आफूपक्षीय सांसदहरूको बैठक बसिरहेको हो ।
आइतबार दिउँसैदेखि नेपाल पक्षका सांसदहरु राजीनामाको तयारीसहित संसद् सचिवालयमा जम्मा हुन थालेपछि ओली समूहले नेता नेम्वाङ र पौडेलले वरिष्ठ नेत नेपालसँग छलफलका पठाएका थिए । तर छलफलमा कुरा सकारात्मक नभएको नेता नेम्वाङले बताएका थिए ।
नेता नेम्वाङले भने, ’पार्टी अध्यक्ष र वरिष्ठ नेता नेपालबीच फोनमा कुराकानी भएपछि हामीलाई यहाँ पठाउनु भएको हो । पार्टी एकताका लागि हामी एकजुट छौं तर एकजुट कसरी राख्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । अझै छलफल गर्छौं ।
ओली र नेपालबीच टेलिफोनमा कुराकानीपछि वार्ताका लागि पौडेल र नेम्वाङलाई खटाइएको थियो । वार्तापछि अबको बाँकी रोडम्याप तय गर्न छलफल सिंहदरबारको लेखा समितिको बैठक कक्षमा भइरहेको छ ।