Logo
Logo

‘अक्सिजन व्यवस्था गर्न नसक्ने अनि आत्मरतिमा रमाउने ?’


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका व्यापारिक घरानालाई पोस्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको जीवन दाउमा लगाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत आफूलाई रहेको प्रस्ताव प्रतिधिसभामा पेस गरेपछि बोल्दै देउवाले कोरोना भाइरस नियन्त्रणका लागि ल्याएको औषधि र खोपमा भएको भ्रष्टाचारलाई लिएर प्रश्न उठाएका हुन् ।

‘जनताका लागि अक्सिजन व्यवस्था गर्न नसक्ने प्रधानमन्त्रीले भाषणमा आत्मरतिमा रमाउने ?,’ देउवाको प्रश्न थियो । उनले गत वर्ष स्यानीटाइजर र पीपीई खरिदमा भ्रष्टाचार भएको र अहिले कोरोना भाइरसविरुद्धको खोपमा कमिसनको खेल भएको बताए ।

प्रधानमन्त्री ओली भ्रष्टाचार नियन्त्रणमा चासो नराखेको भन्दै देउवाले भने, ’व्यापारिक घरानालाई पोस्न नेपाली जनताको जीवन दाउमा लगाउनुभयो ।’

जनताका लागि अक्सिनको व्यवस्था गर्न नसक्ने प्रधानमन्त्रीले सबै कुरा ठीक छ भन्नु नसुहाउने देउवाको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्