Logo
Logo

‘संसदमा विश्वासको मत माग्ने नैतिक अधिकार छ ?’


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत यो सदनले नदिने प्रस्ट्याएका छन् ।

’प्रमले विश्वासको मतको निम्ति आग्रह गर्नुभएको छ। प्रमलाई राम्ररी थाहा छ यो सदनले विश्वासको मत दिँदैन,’ प्रचण्डले भने, ’बुझ्दाबुझ्दै झुटो दाबी गर्नुभएको छ। तपाईँको सरकार गठनदेखि हेर्दाखेरी विश्वासको मत दिने आधार छैन्।’

संसद पुनस्थापन भएकै दिन राजीनामा दिएर नयाँ सरकारको गठनको विकल्प दिन उपयुक्त हुन्छ भनेको स्मरण गर्दै प्रचण्डले भन अहिले पनि राजीनामा गरेर नयाँ सरकारको बाटो खुल्ला गरिदिनु संविधानसम्मत हुने बताए।’

‘संविधानमा हामीले एउटा सरकार गठन भइसकेपछि ५ वर्षसम्म काम गरोस् भनेर संविधानको धारा ७१ एक, दुइ, तीन, राखियो। संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक विकासको पक्षमा जावस् भनेर राख्यौं, ’ उनले भने, ’म आज म त्यति खुशी छैन। के सोचेर संविधान बनायौं? ३ वर्ष नपुग्दै फेरी दुश्चक्रमा फस्नाले म साच्चै दुःखी छु।’

उनले संविधान बनाउने बेलामा विगतका गल्ती दोहोरिन दिन हुँदैन भनेर संविधानमा प्रावधान राखेको बताए। उनले संसदको अहिलेको अवस्थामा सांसद किनबेचको अवस्था देखिन थालेको समेत जनाउँदै चिन्ता जाहेर गरे ।

ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भएका प्रचण्डले प्रश्नमाथि प्रश्न गरे। ’तपाईँले देशलाई आक्रान्त हुनेगरी संसद विघटन गरेको होइन?,’ उनले प्रश्न गरे, ’मैले अलोकतान्त्रिक छ भनेको हो। प्रमले मर्‍यौं भन्नुभएको छ। हामी मरेका छैनौ भनेको थिएँ।’

उनले विश्वासको मत माग्ने नैतिक अधिकार ओलीसँग नरहेको तर्क पनि गरे। ‘तपाईँले विश्वासको मत राख्ने नैतिक अधिकार छ र?,’ उनले प्रश्न गरे, ’तपाईँ फेरि विघटनको बाटो बनाउनका लागि आउनु भएको त होइन?’

प्रतिक्रिया दिनुहोस्