Logo
Logo

प्रधानमन्त्रीले राजीनामा दिने संकेत


दृष्टि संवाददाता

3.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाए पदबाट राजीनामा दिने संकेत गरेका छन् । प्रधानमन्त्रीलाई विश्वासको मत प्रयोजनका लागि जारी संसद बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सदनले विश्वास छैन भने मार्गप्रशस्त गर्ने बताएका छन् ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने– ‘जालझेल तिकडमका लागि होइन, त्यसैले संसदमा आएको छु । संसदले विश्वास छैन भनेमा मार्गप्रशस्त हुन्छ ।’

प्रधानमन्त्रीलाई विश्वासको मत प्रस्तावमा बोल्दै अधिकांश सांसदले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए मार्गप्रसस्त हुने बताउनुको अर्थ संविधानको धारा धारा १०० (३) अनुसार हुनसक्छ । यो धारामा
विश्वासको मत नपुगे स्वतः पदमुक्त हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्