Logo
Logo

विश्वासको मत नपाएसँगै प्रधानमन्त्री ओली पदमुक्त


दृष्टि संवाददाता

33k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विश्वासको मत गुमाएको छ । सोमबार प्रतिनिधिसभामा संविधानको धारा १०० को १ बमोजिम विश्वासको मत मागेका प्रधानमन्त्रीले विश्वासको मत नपाएका हुन् ।

विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरुले मतदान गरेका छन् । १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित थिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिन नसकपछि अब राष्ट्रपतिबाट संयुक्त सरकार बनाउन आह्वान गर्नुपर्ने हुन्छ । संविधानको धारा ७६ को २ बमोजिम नै सरकार बनाउनका लागि आह्वान गर्नुपर्छ ।

प्रतिनिधिसभामा १३६ मत जसले ल्याउन सक्छ त्यसले दुई वा दुई भन्दा बढी दलको समर्थनमा संयुक्त सरकार बनाउन सक्छ । संयुक्त सरकार बनिसकेपछि फेरि पनि त्यो सरकारले धारा ७६ को ४ बमोजिम विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

अब नयाँ सरकार गठन नहुँदासम्म ओली नेतृत्वको मन्त्रिपरिषद्ले काम चलाउ सरकारको रूपमा काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्