Logo
Logo

सबै मन्त्रीहरू पदमुक्त, अब कसरी बन्छ सरकार ?


दृष्टि संवाददाता

96.7k
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसँगै उनका सबै मन्त्रीहरुले समेत पद गुमाएका छन् । विश्वासको मत प्राप्त गर्न नसकेपछि ओली पदमुक्त भएका हुन् ।


अब कसको सरकार बनाउने राष्ट्रपति बिद्यादेवी भण्डारीको हातमा छ । संविधानका धारा ७६(२) प्रयोग गर्ने कि ७६(३) भन्ने राष्ट्रपतिको हातमा छ । ७६(३) अनुसार अघि बढेमामा ठूलो दलको हैसियतमा ओली नै प्रधानमन्त्री हुनेछन् । सो दफामा संसदमा कसैको बहुमत नभएमा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । यसरी ओली पुनः नियुक्ति भएमा उनले मन्त्रीमण्डल फेरि गठन गर्नुपर्ने हुन्छ । ओलीले राजीनामा दिएर ७६(३) अनुसार प्रधानमन्त्री हुने रणनीति तय गरेका छन् ।
७६(२) अनुसार कसैको बहुमत नभएमा दुई वा धेरै दलले बहुमत रहेको दाबी गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने प्रावधान छ । शेरबहादुर देउवा र प्रचण्डले यही दफाअनुसार अबको सरकार गठन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्