Logo
Logo

भारतलाई थोरै राहतः लगातार दोस्रो दिन संक्रमण घट्यो


दृष्टि संवाददाता

882
Shares


काठमाडौं । भारतमा कोरोना संक्रमण केही कम हुन थालेको छ । लगातार दुई दिन संक्रमण घटेको छ ।


दैनिक चार लाख १४ हजारसम्म संक्रमित देखिएकोमा मंगलबार त्यो घटेर ३ लाख २९ हजार ९ सय ८२ मा मात्र संक्रमण देखिएको छ । सोमबार तीन लाख ६६ हजारमा संक्रमण भएको थियो । तीन दिनको बीचमा नयाँ संक्रमितको संख्या करिब ८५ हजार कम भएको छ । आइतबार चार लाख १२ हजारमा नयाँ संक्रमित थपिएका थिए ।


साथै लामो समयपछि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या धेरै भएको छ । मंगलबार तीन लाख ५६ हजार ३२ जना निको भएका छन् ।


पछिल्लो २४ घन्टामा तीन हजार ८ सय ७६ जनाले ज्यान गुमाएका छन् । दैनिक ज्यान गुमाउनेको संख्या ४१ सय भन्दा माथि पुगेको थियो । संक्रमण धेरै रहेका महाराष्ट्र, दिल्ली, यूपी लगायत प्रदेशमा संक्रमण घटेको छ । दोस्रो लहर सुरु भएको करिब एक महिनाछि भारतमा संक्रमण ओरालो लागेको हो । लकडाउन र भ्याक्सिनका कारण संक्रमण घटेको बताइएको छ । तर, भारतमा ग्रामिण क्षेत्रमा भने संक्रमण बढीरहेको छ । भारतमा लगत्तै तेस्रो लहर सुरु हुन सक्ने चिकित्सकहरुले चेतावनी दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्